Friday, November 6, 2015

Salute कसलाई माननीय मन्त्रि कमल थापा लाई कि इन्डियन Delegates लाई

UN लाई प्रधिनित्त्व गर्दै पर राष्ट्र मन्त्रि कमल थापा ले भनेका छन् नेपाल मा भए को शंकट नव निर्मित संबिधान बात होइन बरु नाका बन्दि बाट भए को प्रस्ट परेका छन् जसमा मधेस मा सहादत प्राप्त मधेशी हरु को बारे मा पनि वहा प्रर्तिक्रिया गलत थियो वहा ले भनेका थिए ४५ जना को मृत्यु को कारण पनि संबिधान न भएर अन्य नै दुर्घटना भए को प्रस्ट परेका छन् | त्यसमा मधेश मा भएका मुददा लाई उपयुक्त र तर्क बिहिन बताएर मानब अधिकार हनन क कुरा लाई पनि राखेका छैन

यस वाट के प्रस्ट हुन्छ मधेश प्रति कति को सकारात्मक सोच राख्दा रहेका छन् हाम्रो देश का मन्त्रि तथा शाशक वर्ग र त्यहि UN मा प्रतिनिधित्व गर्ने भारतीय ले बरु हाम्रा कुरा राखे का छ्न अब यो प्रस्ट पार्नु पर्यो नेपाल सरकार ले के मधेशी को आबाज लाई नेपाल सरकार ले राख्ने कि भारतीय सरकार ले यो salute हाम्रा माननीय पर राष्ट्र मन्त्रि कमल थापा लाई दिने कि इन्डियन delegation गरेका ब्यक्ति लाई वा भारत सरकार लाई जसले थोर्रै भए पनि मधेशी को आशु पुछ्ने काम गरेका छन् | यो salute कसलाई दिने मा नेपाल सरकार ले जबाफ दिनु पर्यो मधेशी जनता लाई



Friday, January 21, 2011

हतियारधारी समूहद्वारा विद्यार्थीको अपहरण

सिरहा, माघ ७ - अज्ञात हतियारधारी समूहले असनपुर ४ का एक विद्यार्थीलाई बिहीबार साँझ अपहरण गरेको छ ।

५/७ जनाको हतियारधारी सो अज्ञात समूहले असनपुर ४ घरभई देवकी कौलेज मिर्चैयामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत सरोज साहलाई असनपुरस्थित आफ्नै इटाँ भट्टाबाट घर फर्किने क्रममा बिहीबार साँझ ७ ३० अपहरण गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

सरोजले गोलबजारमा मनी ट्रान्स्फरसमेत सञ्चालन गरेकोले उनको साथमा ६ लाख रुपैयाँ रहेको परिवारजनले बताए । अपहरित साहका दाजु विनोद साहले असनपुरमा नै बिशाल इटा भठा उद्योगसमेत सञ्चालन गरेकोले फिरौती असुल्ने मंसायले अपहरण गरेको हुन सक्ने स्थानीयबासीको भनाई छ ।

Source:Kantipur news

मधेस आन्दोलनका गुमनाम हस्ती

२०६३ साल माघ २ गते मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मासहितका मधेसवादी नेताहरूले एक दिनअघि जारी अन्तरिम संविधान, २०६३ को प्रतिलिपि जलाउनुलाई सामान्यतया मधेस आन्दोलनको प्रारम्भ मान्ने गरिन्छ । अन्तरिम संविधानलाई मधेसविरोधी भन्दै काठमाडौंको माइतीघर मण्डलामा मधेसी नेताहरूले गरेको यस दुस्साहसलाई मधेस आन्दोलनको शंखनाद भन्नु अत्युक्ति नहोला । रूपमा हर्ेर्ने हो भन्ने मधेसी नेताहरूको यो भद्र अवज्ञा आममधेसीको मुटुभित्र वर्षौदेखि 'म्याग्मा'को रूपमा पग्लेर बसेका उपेक्षाको निकास थियो जुन ज्वालामुखी भएर छताछुल्ल भयो । माइतीघर मण्डलामा राज्यले प्रदर्शन गरेको पारम्परिक विभेदकारी चरित्रले आगोमा घिउ थप्ने काम गर्‍यो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०१५ सालको आमनिर्वाचन, २०१७ सालपछि बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन, २ ०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्ध तथा २०६२/२०६३ को जनआन्दोलन २ मा बराबरीको हिस्सेदारी गरेर पनि आफ्नै देशमा दोस्रो दर्जाको नागरिकको जीवन बिताउन अभिशप्त, पद, प्रतिष्ठा र पहिचानको मामिलामा उपेक्षित मधेसीहरूको मुटुभित्र आन्दोलनको टुसा धेरै पहिल्यैदेखि नै पलाइरहेका थिए । राजा, कांग्रेस, एमाले र माओवादी र्समर्थक मधेसी नेताहरूको मुटुभित्र पनि हीनभावनाको 'वटवृक्ष' झांगिन थालेका थिए ।

जातीय स्वशासन र आत्मनिर्णयकाे अधिकारसहितको स्वायत मधेसको 'मनमोहक' नारा दिएर जनयुद्ध लडेका माओवादी र्समर्थक मधेसी नेताहरू पनि आफू ठगिएको अनुभव गर्न थालेका थिए । समानता र समावेशीको सपना बोकेर जनआन्दोलन २ मा सहभागी भएका मधेसी युवकहरू त्यतिबेला झन् निराश र आक्रोशित बने जब अन्तरिम संविधानमा पनि उनीहरूले आफू ठगिएको पाए । यी सम्पूर्ण असहमति र विभेदहरूको समाधान सडकबाट खोजिन थाल्यो । जो मधेस व्रि्रोहको रूपमा देखा पर्‍यो । यस्तै विभेद र आक्रोशहरूको सम्मिलित रूप थियो- मधेस आन्दोलन ।

२०६३ माघ २ भन्दा धेरै पहिलेदेखि जनकपुरमा मधेसवादको उदय भइसकेको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत मधेसी युवकहरू राजधानीमै नेपाली विद्यार्थी फ्रन्टको गठन गरी संगठन विस्तार तथा वैचारिक अन्तरक्रिया गर्न मधेस छिरिसकेका थिए । मधेसवाद लिएर यसरी जनकपुर झरेका युवकहरूमा इन्द्रकुमार मधेसानन्द, दीपक झा, मुकेश यादव, मुकेश चौधरी, आकाश त्यागी, पवन झा, केशव झा, शम्भु निर्दोषी, दीनेश पूर्वे, वीरेन्द्र साह, विवेक आदि थिए । आधुनिक शिक्षा प्राप्त यी युवकहरूको मुटुभित्र मधेस मुक्तिको अभिलाषा तथा जुनसुकै त्याग गर्ने हौसला थियो । यी युवकहरूभित्रको मधेसवाद स्वर्गीय गजेन्द्रनारायण सिंहको मधेसवादभन्दा भिन्न थियो । कारण उनीहरूको मधेसवाद

भनेको, 'यो धरतीमाथि हाम्रो मालिकाना हक हो । हामी भगौडा होइनौं, यहाँका धरतीपुत्र हौ । हामीले आफ्नो जल, जंगल र जमिनको व्यवस्थापन आफैं गर्न पाउनर्ुपर्छ । यी अधिकारहरू शान्तिपूर्ण आन्दोलनबाट दिन्छौ भन्ने बेस अन्यथा हामी जे पनि गर्न तयार छौं ।' भन्ने थियो ।

२०६२ सालदेखि जनकपुरलाई आधार बनाएर यी युवकहरूले संगठन विस्तार तथा जनजागरण कार्यक्रमहरू गर्न थालेका थिए । एक वर्षो अवधिमा उनीहरूले जनकपुरका गल्लीगल्लीसम्म समानताको नारा पुर्‍याए । उनीहरूले गरेको समानतासम्बन्धी वालपेन्टिङ अझै पनि जनकपुरमा विद्यमान छ । यिनै युवकहरूले २०६२ सालमा सम्पन्न मिथिला महोत्सवको विरोध गरेका थिए । यसैगरी मधेस मुद्दाप्रति अनुदार नेपाली सञ्चार माध्यमहरूलाई दबाब दिन केही राष्ट्रिय पत्रिका पनि जलाएका थिए ।

सा“चो अर्थमा भन्दा यिनै युवकहरूले गरेको पूर्वतयारी मधेस आन्दोलनको आधार बनेको थियो । तर दुर्भाग्य मधेस आन्दोलनपछि आएको हुरी-बतासमा मधेसका यी हस्तीहरू उडेर गए । राजा, कांग्रेस, एमाले र माओवादीको नाममा देश खाएकाहरूको हालीमुहाली मधेसवादी दलहरूभित्र पनि कायम हुन थाल्यो । मधेस आन्दोलनका संवाहक बनेका आकाश त्यागीले प्रहरी कारबाहीमा मृत्युवरण गरिसकेका छन् भने मुकेश चौधरी सशस्त्र समूहस“ग सम्बद्ध भइसकेका छन् । दीपक झा, शम्भु निर्दोषी, मधेसानन्द, ओमप्रकाश साहमध्ये कोही पनि सत्ताधारी मधेसी दलसँग सम्बद्ध छैनन् । यसैगरी वीरेन्द्र साह अध्ययनलाई निरन्तरता दि“दै छन् भने विजय चौधरी र दिनेश पूर्वे विदेश पलायन भइसकेका छन् ।

Source : Kantipur news

Saturday, May 8, 2010

नेपाली राजनीति खोइ कता गइ राखेको छ

नेपाली राजनीति खोइ कता गइ राखेको छ नेता हरु को लागि त ठिक छ सबै कुर्शी को लागि लडी रहे का छन सबै ले आ आफ्नो पलेट फोरम तयार परे का छन् कोहि मधेश को आडमा कोहि पहाड को आडमा सबै को आफ्नै स्वार्थ छन् कुर्शी चाहिए को छन् पैसा कमौना को लागि सोझा जनता हरु माथि सोसन र दमन गर्न को लागि तर कसैले देश को बारे मा सोचे का छैन युवा लाई विभिन्न संगठन को नाऊ मा चुसेका छन् र संगठित पारेर एक अर्का लाई लडाएका छन् . शिप पाए का त विदेशिए अब निमुखा जनता लाई ढाल बनाएर जनता माथि नै प्रहार गर्दै छ यी पापी नेता हरु ले अब होस् गर नेपाली जनता चाहे जुन धर्म को भए पनि चाहे जुन जात को भए पनि नेपालीपन हुनु जरु रि छ र नेता हरु लाई चिन्नु जरुरि छ र अब लखेटिनु पर्छ. अब होस् पुर्याउ नभए अब आउने पुस्ता ले हामी लाई गाली गर्ने छन्.
shailendra

Thursday, February 18, 2010

भारतीय राजदूतलाई तराईका गाउँमा जान नदिनएकीकृत माओवादीको माग

काठमाडौँ, फागुन ६ (नागरिक)- भक्तपुरको खरिपाटीमा बुधबार सुरू भएको एकीकृत माओवादीको दुई दिने केन्द्रीय प्रशिक्षणमा कार्यकर्ताहरुले तराईका गाउँगाउँमा स्कुल, अस्पताल र सडक बनाउने नाउँमा भारतीय राजदूत गाउँगाउँ जानबाट रोक्न आग्रह गरे।

मिथिला राज्य समिति सेक्रेटरी कृष्णदेवसिंह दनुवारले रिपोटिंग गर्दै उनलाई रोक्न पार्टीले पहल गर्नुपर्ने बताए। मधेसी जनतालाई आफ्नो पक्षमा पार्न अभियान नै थालेको भन्दै चर्को विरोध गरे।

'मधेसका गाउँगाउँमा विद्यालय, अस्पताल र सडक भारतले बनाउने नाउँमा उद्घाटन गर्न राजदूत गाउँगाउँ जाँदैछन्,' दनुवारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'कडापूर्वक नियन्त्रण गर्नुपर्छ।' सहयोगको नाउँमा अतिक्रमणप्रति चूप रहून् भनेर यसरी जान थालेको भन्दै विरोध जनाएका थिए।

Monday, November 16, 2009

मधेश प्रदेशभित्र छ जिल्ला प्रस्ताव

कात्तिक २९- मधेशी जनअधिकार फोरमले सम्पूर्ण मधेशलाई एउटै प्रदेश बनाउनुपर्ने राज्यपुनर्संरचनाको खाका संविधानसभाको समितिमा प्रस्तुत गरेको छ। मेचीदेखि महाकालीसम्मको सम्पूर्ण मधेशको राजधानी वीरगञ्जलाई बनाउन फोरमले प्रस्ताव गरेको छ।

फोरमका तर्फबाट सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताद्वारा 'राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति' मा शनिबार प्रस्तुत खाकामा चुरे पहाडको दक्षिणी ढलानको उपल्लो बिन्दुदेखि दक्षिणतर्फको सम्पूर्ण भूभागलाई मधेशको क्षेत्र मानिएको छ।

प्रदेशको पूर्व, दक्षिण र पश्चिमी सीमा नेपाल-भारत सीमासम्मको सबै भूभाग समेटिएको छ। तराइका वर्तमान २० जिल्लाका धेरैजसो भूभागलाई प्रदेशको क्षेत्रभित्र मानिएको छ। 'झापाका कतिपय गाविस इलामको पेटमा छन्, मोरङ जिल्लाका कतिपय गाउँ धनकुटाको पेटमा बसेका छन्', सहअध्यक्ष गुप्ताले भने। ती गाविसलाई भने मधेश प्रदेशभित्र नसमेटिने बताउँदै उनले गाविस र त्यहाँको जनसंख्याका आधारमा प्रदेशको निर्धारण गरिएको बताए।

देशको कूल भूभाग १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमीटरमध्ये २७ हजार ४०४.३३ वर्ग किलोमीटर मधेश प्रदेशको क्षेत्र दाबी गरिएको छ। यो कुल भूभागको १८.५ प्रतिशत हो।

फोरमले तराई क्षेत्रलाई छ वटा जिल्लामा बाँड्न प्रस्ताव गरेको छ। हालको झापा, मोरङ र सुन्सरी मिलाएर विराट जिल्ला बनाउन प्रस्ताव गरिएको छ भने सिराहा र सप्तरी मिलाएर सल्हेस जिल्ला, जनकपुुर क्षेत्रका धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाले ओगटेको क्षेत्र समेटेर विदेह जिल्ला, नारायणीका रौतहट, बारा, पर्सा र चितवनलाई समेटेर सिम्रौनगढ जिल्ला बनाउन प्रस्ताव गरिएको छ।

त्यस्तै नवलपरासी, रुपन्देही, कपिलवस्तु तथा दाङसम्मको क्षेत्र समेटेर लुम्बिनी जिल्ला, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर समेटेर अवध क्षेत्र बनाउनु पर्ने प्रस्ताव फोरमको छ।

'मधेश एक प्रदेश हुन हर दृष्टिले योग्य छ' गुप्ताले दाबी गरे, 'समितिले नै सर्वसम्मत पारित आधारलाई मानेर बनाइएको मधेश एक प्रदेश बन्न सक्दैन भने कुनै पनि प्रदेश बन्न सक्दैन, लिम्बुवान, ताम्सालिङ, तमुवान सबै काटिन्छन्।'

उनले मधेश सबल प्रदेश हुने र यसको लाभको समान हिस्सेदार अन्य प्रदेश पनि हुने उनले बताए। समितिले तयार गरेको आधारलाई मानेर प्रदेश बनाइँदा कुनै प्रदेश ठूला र कुनै साना हुन सक्ने पनि बताए।

समितिले सर्वसम्मत पारित गरेको प्रदेश निर्माणको आधार जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक क्षेत्रको निरन्तरता र ऐतिहासिक निरन्तरता मान्ने उल्लेख छ। यी सबैका आधारमा मधेश एक प्रदेश बन्नुपर्ने गुप्ताको तर्क छ। उनले भने, 'भावनाका कुरा गरेर मधेशलाई एक प्रदेश दिइएन भने अन्याय हुनेछ।'

मधेश प्रदेशभित्र पहाडी मूलका मान्छेलाई अंगीकृत नागरिकता दिइने व्यवस्था गरिने पनि सहअध्यक्ष गुप्ताले बताए। गुप्ताले एक मधेश प्रदेशको अवधारणा सम्झौताहीन रुपमा प्रस्तुत गरिएको बताउँदै बहुमत-अल्पमतको खेल नखेल्न पनि आग्रह गरे।
फोरमलगायत सबै मधेशवादी दलले मधेशमात्र आफ्नो सरोकार भएको दाबी गर्दै आएका छन्। फोरमले पनि अन्य प्रदेशका बारेमा त्यस क्षेत्रबाट जनमत ल्याएका राजनीतिक दलले निर्णय गर्ने बताउँदै आएको छ। फोरम, तमलोपा, सद्भावनालगायत सबै दलले मधेश एक प्रदेशको दृष्टिकोण अघि सार्दै आएका छन्।

Tuesday, November 10, 2009

सिडिओ कुटिन् मन्त्रीले

४ हजार ६ सय १४ विवेकशील जनताको मत पाएर संविधानसभामा निर्वाचित भई राज्यमन्त्रीसमेत बनेकी करिमा बेगमले विवेक गुमाएर कर्मचारी कुटेकी छिन् । जिल्लाका सुरक्षा-प्रमुख सिडिओ नै राज्यमन्त्रीबाट कुटिएपछि पर्साका कर्मचारी आन्दोलित छन् ।

मंगलबार गृहनगर वीरगन्ज आएकी कृषिराज्यमन्त्री बेगमले आफूलाई थोत्रो गाडी दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमै गएर सिडिओ दुर्गाप्रसाद भण्डारीलाई दुई झापड हानेकी थिइन् । मन्त्रीको झापडले भण्डारीको चस्मा फटेर आँखाको छेउमा चोट लागेको छ, गाला सुन्निएको छ ।

मन्त्री भएपछि आफू पटक-पटक गृहनगर आउँदा सिडिओ एकपटक पनि भेट्न नआएको र गाडी पनि थोत्रो दिएको भन्दै राज्यमन्त्री बेगम हातपातमा उत्रिएकी हुन् । 'अरू जिल्ला जाँदा सिडिओ फूलमाला लिएर एअरपोर्ट आउँछन्, आफ्नै जिल्लाको सिडिओ ठालू पल्टिने ? मलाई पहिलेदेखि नै रिस उठेको थियो,' राज्यमन्त्री बेगमले नयाँ पत्रिकासित भनिन् ।

एउटा कार्यक्रमको उद्घाटन गर्न मंगलबार वीरगन्ज पुग्दा पनि सिडिओले थोत्रो गाडी पठाइदिएर आफूलाई अपमानित गरेकाले हातपात गरेको उनले बताइन् । 'त्यो सिडिओ आएपछि पर्सामा असुरक्षा बढेको छ, जनताको गुनासो आइरहेको थियो,' उनले भनिन्, 'मलाई पनि थोत्रो गाडी पठाइदियो, जनता र मन्त्रीलाई समेत अपमानित गर्ने सिडिओलाई मैले झापड हानेकी हुँ ।'

उता सिडिओ भण्डारीले राज्यमन्त्रीका लागि सिँचाइ कार्यालयको गाडी पठाइदिएको र त्योभन्दा राम्रो गाडी तत्काल आफूसँग नभएको बताए । 'मैले मित्सुबिसी गाडी पठाइदिएको हुँ, सिडिओले कहाँबाट ल्याउने त्योभन्दा राम्रो गाडी ?' उनले प्रतिप्रश्न गरे ।

सिडिओ आफ्नै कार्यकक्षमा मन्त्रीबाट कुटिएपछि अरूको के सुरक्षा छ भन्दै पर्साका कर्मचारी मंगलबारबाटै आन्दोलनमा छन् । राज्यमन्त्रीले माफी माग्नुपर्ने र सरकारले उनीमाथि कारबाही गर्नुपर्ने कर्मचारीहरूको माग छ ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, स्थानीय निकाय कर्मचारी संघ, नेपाल निजामती कर्मचारी युनियन, मधेसी निजामती कर्मचारी मञ्च र नगरपालिका कर्मचारी एसोसिएसनले सयुंक्तरूपले प्रेस-विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् । उनीहरूले कर्मचारीको सुरक्षा तथा दोषीमाथी कारबाहीको माग गर्दै अनिश्चितकालका लागि सरकारी सेवा ठप्प पारेका छन् ।

मैले दुई चड्कन हानेँ : राज्यमन्त्री करिमा बेगम

यो सिडिओ आएदेखि नै पर्साका जनताले चयनको सास फेर्न पाएका छैनन् । हत्या, हिंसा र अपहरणका घटना दिन दुईगुना रात चौगुना बढेका छन् । एक महिनामै चारवटा जघन्य घटना भए, अझ कतिपय घटनामा त प्रहरी-प्रशासनकै मान्छे पनि संलग्न भएको देखियो ।

म राज्यमन्त्री भएपछि धेरै जिल्ला गएँ, मन्त्री आउने थाहा पाएपछि सिडिओ फूलमाला लिएर 'एअरपोर्ट' आउँछन् । अरू मन्त्रीका पनि यस्तै अनुभव सुनेकी छु । तर, आफ्नै गृहजिल्लाको सिडिओ मात्तिएको पर्‍यो । एकपटक पनि एअरपोर्ट आएन, जनतालाई हैरान पार्‍यो, मलाई अपमान गर्‍यो ।

'एअरपोर्ट' मा स्वागत गर्न आएन । ठीकै छ भनेर मैले उसलाई पटक-पटक फोन गरेँ । जतिपटक म जिल्ला आएँ, उतिपटक फोन गरेँ । म गृहजिल्ला आएकी छु, भेट्न आउनोस् भनेर बोलाएँ । तर, उसले कहिले विराटनगर छु, कहिले काठमाडौं छु भनेर जवाफ दियो ।

जिल्लामा शान्ति छैन, मन्त्री आउँदा पनि सिडिओले 'रेस्पोन्स' गर्दैन । यस्तो के सिडिओ राखेको होला भनेर म आफैँ आश्चर्यमा थिएँ । केही दिनअघि प्रधानमन्त्रीले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको बैठक डाक्नुभएको थियो । मैले गृहमन्त्रीलाई भनेँ, 'पर्सामा त्यस्तो के सिडिओ राख्नुभएको हो ? त्यसले त न जनताको मान गर्छ न मन्त्रीको ?' मेरो कुरा सुनेर गृहमन्त्रीले भन्नुभएको थियो, 'ठीक छ, म त्यसलाई कारबाही गर्छु ।'

गृहमन्त्रीले कारबाही गर्छु भन्नुभएको थियो, तर कारबाही भएको छैन । कारबाही होला भन्ने आशा थियो । यहीबीच मंगलबार गरिब तथा जहेनदार विद्यार्थीका लागि एउटा कार्यक्रम आयोजना भयो । प्रमुख अतिथिका रूपमा मलाई बोलाइयो, आफ्नै जिल्लामा हुने सामाजिक कामको उद्घाटन गर्ने अवसर मैले चुकाउने कुरै भएन ।

बिहान नौ बजे विमानस्थल पुगेकी थिएँ, तर गुण एअरको विमान १५ मिनेट 'डिले' भयो । सबा नौ बजे जहाज उड्यो । १० बजे विराटनगर पुगियो । विमानस्थलमा मेरा कार्यकर्ता थिए, तर सिअिडो थिएनन्, उनी आउलान् भन्ने आशा पनि थिएन यसपालि ।

म सरासर आफ्नै घर गएँ । घर पुगेर सिडिओलाई फोन गरेँ । मलाई कार्यक्रममा जानु थियो । मन्त्री आउँदा गाडी त जिल्ला-प्रमुखले नै मिलाउने हो । मैले त्यही आशा गरेँ । तर, फोन गर्दा सिडिओले अन्टसन्ट कुरा गरे । अन्तिममा एउटा गाडी पठाइदिए । तर, त्यो गाडी यति थोत्रो रहेछ कि चढ्दा मन्त्रीकै बेइज्जत हुने, देशकै बेइज्जत हुने ।

थोत्रो गाडी देखेर मैले सिडिओलाई फोन गरेँ । 'तपाईं कहाँ हुनुहुन्छ ?' मेरो प्रश्न थियो । 'म त बाहिर छु,' उनले जवाफ दिए । 'तपाईं बाहिरै भए पनि ठीकै छ, तर म तपाईंको कार्यालय आउँदै छु' यति भनेर म जिल्ला प्रशासन कार्यालय गएँ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा एकजना उभिएका थिए । मैले उनलाई सोधेँ, 'सिडिओ खोइ ?' मैले जसलाई सोधेँ सिडिओ उनै रहेछन् । उनी नम्र थिएनन् । मै हुँ सिडिओ, किन खोज्नुभयो भन्दै ठाड्ठाडो कुरा गर्न थाले ।

वादविवाद हुँदै हामी उनको कार्यकक्षमा गयौँ । 'तपाईंले मन्त्रीलाई गर्ने व्यवहार यही हो ?' मैले प्रश्न गरिरहेँ । तर, उनी मन्त्रीसन्त्री यस्तै हुन् भन्दै मुखमुखै लागिरहे । मेरो प्रश्नको जवाफ दिएनन्, उल्टै थर्काउन खोजे ।

उनले मलाई पटक-पटक आँखा देखाए । मैले आँखा नदेखाउनोस् भनेर चेतावनी दिएँ । उनले पटक-पटक औँला ठड्याए । मैले औँला नठड्याउनोस् भनेर चेतावनी दिएँ । मैले चार-पाँचपटक चेतावनी दिँदा पनि उनले टेरेनन् । मुख-मुखमा औँला ल्याए । मैले त्यसपछि आफूलाई थाम्न सकिनँ, औँला च्याप्प समातेर निमोठिदिएँ, झपाझप दुई झापड चड्काइदिएँ ।

म आवेगमा थिएँ, दुई झापड हान्दा पनि मेरो रिस अझै मरेको थिएन । तर, मलाई मेरा कार्यकर्ताले समाते । छोडिदिनुहोस् भनेर सम्झाए, बाहिर ल्याए । नत्र अझै बबाल हुन्थ्यो ।

मैले गाडीका लागि हात उठाएँ, त्यो त एउटा मात्र कारण भयो । तर, मुख्य कारण त्यो होइन । खासमा त पर्साका जनता असुरक्षित छन्, सिडिओलाई मतलबै छैन । जनताको कुरा सिडिओ सुन्दैनन् । मन्त्रीको पनि सुनेनन् । त्यसैले चड्कन खाए ।

आफ्ना हाकिम कुटिएको भनेर कर्मचारीले आन्दोलन गर्ने भनेका छन् । म त जनप्रतिनिधि, जनताका तर्फबाटै सिडिओ कुटेकी हुँ । माफी माग्ने कुरै छैन । परेको बेहोर्छु ।

यस घटनापछि प्रधानमन्त्री, गृहमन्त्रीसँग कुरा भएको छैन । हाम्रो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले फोन गर्नुभएको थियो । के गर्नुभयो तपाईंले यस्तो भनेर रिसाउनुभयो । उहाँ मेरो अध्यक्ष, डाँट्नु (झपार्नु) भयो । त्यो ठीकै छ । तर, कर्मचारीको दबाबमा म माफी माग्दिनँ । मैले जे गरेँ, ठीक गरँ ।

कारबाही नभएसम्म आन्दोलन हुन्छः सिडिओ

करिमा बेगम पर्साबाट सभासद् बन्नुभयो, मन्त्री पनि बन्नुभयो । सबै कुरा ठीकै थियो । तर, जतिपटक उहाँ जिल्ला आउनुहुन्छ, सिडिओ एअरपोर्टमै आओस् भन्ने उहाँलाई लाग्दोरहेछ । मन्त्री आएपछि सम्मान र सुरक्षा दिने हाम्रो काम हो । तर, एअरपोर्ट गएर चाकडी गर्ने काम हाम्रो होइन । करिमा मात्र होइन, जोसुकै मन्त्री आए पनि एअरपोर्ट गइएको छैन, जाने कुरै छैन ।

कृषिराज्यमन्त्री करिमा बेगम मंगलबार वीरगन्ज आउने कुरा थियो । त्यसका लागि मैले गाडी पठाइदिएको थिएँ । उहाँलाई रोजीको गाडी चाहिने सधैँ । तर, हामीसँग धेरै गाडी नै हुँदैनन् । एउटा जिल्लामा कति नै गाडी हुन्छन् र ?

उहाँलाई जहिले पनि जिविसको गाडी चाहिने । तर, यसपालि एलडिओ काठमाडौं जानुभएकाले जिविसको गाडी उतै छ । नारायणी सिँचाइको गाडी फिल्डमा गएको थियो । कृषि अनुसन्धानको गाडी खाली रहेछ । त्यो पनि चानचुने होइन, मित्सुबिसी गाडी हो । तर, त्यो गाडी देखेर उहाँलाई पारो चढेछ । सरकारले जिल्लालाई कति गाडी दिएको छ भन्ने नबुझेर मन्त्री रिसाउन मिल्छ ? जिल्ला प्रशासनको मातहतमा नभएका गाडी कहाँबाट खोजेर ल्याउने मैले ।

गाडी थोत्रो भयो भन्दै राज्यमन्त्रीले फोन गर्नुभयो । मैले हामीसँग त्यही गाडी छ, अरू त उपाय छैन भनेर जवाफ दिएँ । त्यसो भए म तपाईंको कार्यालयमै आउँछु, भेटेरै कुरा गरौँला भनेर फोन राखिदिनुभयो । मैले हुन्छ भनेँ ।

राज्यमन्त्री आउने भनेपछि म आफ्नो चेम्बरबाट निस्किएर कार्यालयको प्रांगणमा गएँ । कार्यकर्ताको लावालस्करका साथ उहाँ आउनुभयो । मैले उहाँलाई बाहिरै स्वागत गरेँ । भित्र जाऊँ भनेर कार्यकक्षमा लगेँ ।

मलाई हेप्ने, मन्त्रीलाई हेप्ने, तिमी को हौ भन्दै उहाँले झम्टिनुभयो । मुलुकको एउटा मन्त्री, दसौँ हजार विवेकशील जनताको मत पाएर निर्वाचित जनप्रतिनिधि गुन्डागर्दीमा उत्रनुहोला भनेर सोचेको पनि थिइनँ । तर, उहाँले मलाई झापडमाथि झापड हान्नुभयो । मेरो चस्मा फुट्यो, चस्माले आँखाको किनारमा चोट पनि लाग्यो ।

पछि-पछि कार्यकर्ता थिए । तिनैका बलमा राज्यमन्त्रीले कार्यालयमै सिडिओमाथि आक्रमण गर्नुभयो । तर, राज्यमन्त्रीभन्दा कार्यकर्ता विवेकी रहेछन् । उनीहरूले तपाईंले यस्तो गर्न सुहाउँदैन भन्दै सम्हालेर उहाँलाई बाहिर लगे । अचम्म लाग्यो, कार्यकर्ताको जति पनि विवेक छैन देशकी मन्त्रीको ।

कार्यकर्ताले नरोकेका भए राज्यमन्त्रीको ताण्डव अझ बढ्ने थियो । म पनि संयमित भएँ । आफ्नै कार्यकक्षमा हातपात हुँदा पनि मैले हात फर्काइनँ । हात नफर्काएकामा मलाई पछुतो छैन । मैले आफ्नो धर्म पूरा गरेँ ।

ममाथि कुटपिट हुँदा पत्रकार साथीहरू पनि हुनुहुन्थ्यो । उहाँहरू पनि आश्चर्यमा पर्नुभयो । मैले पत्रकारहरूसँग कुरा गरेँ । तर, त्यसभन्दा ठुल्ठूलो स्वरमा उहाँले गफ दिनुभयो ।

पहिले गाडी राम्रो भएन भनेर ममाथि आक्रमण गर्नुभयो । निहुँ त्यही मात्र हो । हामीसँग योभन्दा राम्रो गाडी छैन भनेर मैले राम्रोसँग भन्न पनि पाइनँ । तर, आफ्नो गल्ती ढाकछोप गर्न पर्साका जनता असुरक्षित छन्, त्यसैले सिडिओलाई हातपात गरेँ पनि भन्नुभएछ । म यहाँ आएको नौ महिनामा शान्ति-सुरक्षा सुधि्रएको छ, त्यो सबैलाई थाहा छ । मेरो कमजोरी भएको छ भने पनि नियमसंगत कारबाही भए सहन तयार छु । तर, मन्त्री नै आएर सिडिओमाथि हातपात गर्छन् भने यसको चिन्ता मैले मात्र गरेर पुग्दैन, सारा कर्मचारी, जनता र नेपाल सरकारले गर्नुपर्छ ।

ममाथि कार्यकक्षमै हातपात भएपछि मैले गृहमन्त्रीज्यूलाई सम्पर्क गरेँ । उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । यस विषयलाई मन्त्रिपरिषद्मा लगेर छलफल गराउँछु भन्नुभएको छ । गृहमन्त्रीज्यूको भनाइमा म आशावादी छु । तर, राज्यमन्त्री करिमा बेगमलाई कारबाही नभएसम्म कर्मचारी काममा नर्फकने अडानमा छन् । हुन पनि सिडिओ नै असुरक्षित छन् भने कर्मचारी सुरक्षित कसरी होलान् । आफ्नो सुरक्षाका लागि कर्मचारीको आन्दोलन स्वाभाविक हो ।